प्रमुख नाका मध्ये विरगन्जबाट मात्र साढे २ खर्ब बढीको व्यापार, अन्य नाकाको व्यापार अवस्था कस्तो छ ?

काठमाडौं । नेपाल र तेस्रो मुलुकबीच व्यापारका लागि कुल २९ वटा व्यापारिक नाकाहरु सञ्चालनमा रहेका छन् । २९ वटा मध्ये प्रमुख व्यापारिक नाकाहरुमा विरगन्ज, भैरहवा, विराटनगर र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल रहेका छन् ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष  २०८२\८३ को पहिलो तीन महिनामा २९ वटा नाका बाट ४ खर्ब ६८ अर्ब ८ करोड ३३ लाख २१ हजार रुपैयाँको आयात भएको छ भने ७२ अर्ब ७८ करोड २८ लाख ५ हजारको निर्यात भएको छ ।

विभागका तथ्याङ्क  अनुसार विरगन्ज नाकाबाट  मात्रै  आर्थिक  वर्ष  २०८२\८३ को पहिलो तीन महिनामा २ खर्ब १८ अर्ब ८१ करोड ४ लख ११ हजार रुपैयाँको आयात भएको छ भने २६ अर्ब ३३ करोड ५६ लाख ४२ हजार रुपैयाँको नर्यात भएको छ। तथ्याङ्क अनुसार नेपालको  ४६.७५ प्रतिशतआयात  विरगन्ज नाका  बाट भएको छ  ।

त्यसै गरी दोस्रोमा भैरहवा  हो, यस नाका बाट ७१ अर्ब ६० करोड ८६ लाख ७२ हजार रुपैयाँको आयात भएको छ भने ७ अर्ब ४४ करोड ५५ लाख ९५ हजार रुपैयाँको नर्यात भएको छ ।

व्यापारको हिसाबमा  विराटनगर नाका तेस्रोमा छ । यस नाका बाट  ५८ अर्ब ७६ करोड २४ हजार रुपैयाँको आयात भएको छ भने २१ अर्ब ६६ करोड २२ लाख ९५ हजार रुपैयाँको निर्यात भएको छ । तथ्याङ्क अनुसार  वीरगन्ज नाका पाछेको धेरै निर्यात गरेने विराटनगर नाका हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय एयरपोर्टबाट ५३ अर्ब २० करोड ९३ हजार ६२ करोड रुपैयाँको आयात भएको छ । निर्यात भने ९ अर्ब ६९ करोड ८५ लाख ६६ हजार भएको छ ।यो नेपालको एक मात्र हवाई मध्यम हो जताबाट आयात/ निर्यात हुन्छ।

नेपालगन्जबाट  १७ अर्ब ६८ करोड ३० लाख ५२ हजार रुपैयाँको आयात भएको छ  भने ६२ करोड १७ लाख ७ हजार रुपैयाँको निर्यात भएको छ  ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार