काठमाडौं । मंगलबार नेपाली बजारम सुनको मूल्यमा २ हजार ९ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन मंगलबार २ लाख ३७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन तोलाको २ लाख ३९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदीको मूल्य ६० रुपैयाँले घटेको छ। बजारमा चाँदी प्रतितोला २ हजार ९ सय २० रुपैयाँ खरिद बिक्री भइरहेको छ। सोमबार चाँदीको मूल्या २ हजार ९ सय ८० रुपैयाँ थियो।

