उच्च अंकले बढ्यो नेप्से, ७२ प्रतिशतले बढ्यो कारोबार रकम

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर बजार बढेको छ । मंगलबार नेप्से परिसूचक ६२.२९ अंकले बढेर २५७१.३४ विन्दुमा पुगेर बन्द भएको छ । भने सेन्सेटिभ इन्डेक्स ११.९७ अंकले बढेरर ४४८.९७ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै फोल्ट इन्डेक्स ४.८६ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ४.३४ अंकले बढेको हो ।

मंगलबार ३१४ वटा कम्पनीको ४७ हजार ९४ पटक धितोपत्र कारोबार हुँदा ९२ लाख ४३ हजार ७२३ कित्ता शेयर खरीद बिक्री भएको छ । कारोबार रकम भने ४ अर्ब ५७ करोड ३९ लाख पुगेको छ । जुन आइतबारको तुलनामा कारोबार ७२ प्रतिशत अर्थात् रकम १ अर्ब ९१ करोड २६ लाखले बढी हो ।  आइतबार ३१३ वटा कम्पनीको २७ हजार ८८९ पटक धितोपत्र कारोबार हुँदा ५५ लाख ९६ हजार ७७ कित्ता शेयर खरिद बिक्री भएको थियो । कारोबार रकम भने २ अर्ब ६६ करोड १३ लाख पुगेको थियो ।

मंगलबार २३६ वटा कम्पनीको शेयर मूल्य बढ्दा १२ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने २ वटा कम्पनीको शेयर स्थिर रहेको छ ।

यस दिन सबै १२ वटा समूह बढ्दा १ वटा समूह घटेको छ । बैंकिङ २६, विकास बैंक २३५, वित्त ६८, होटल र पर्यटन १६७, जलविद्युत १२३, लगानी ३, जीवन बीमा ४३४, उत्पादन र प्रशोधन २७, लघुवित्त १२२, म्युअुचल फण्ड ०.०९, निर्जीवन बीमा २६५र अन्य समूह ४५ अंकले बड्दा व्यापार २९ अंकले घटेको हो ।

यस दिन सर्वाधिक कमाउनेमा न्यादी हाइड्रोपावर, बुटवल पावर कम्पनी, एक्सेल डेभ्लपमेन्ट बैंक बन्दा सर्वाधिक गुमाउनेमा हिमालयन पावर पार्टनर, युनिलिभिर नेपाल र बोर्टलस नेपाल बालुज रह्यो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार