काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य ७ सय रुपैयँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन बुधबार २ लाख ३६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन तोलाको २ लाख ३७ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यसदिन चाँदीको मूल्य ४५ रुपैयाँले बढेको छ । बजारमा चाँदी प्रतितोला २ हजार ९ सय ६५ रुपैयाँ खरिद बिक्री भइरहेको छ । मंगलबार चाँदीको मूल्या २ हजार ९ सय २० रुपैयाँ थियो।

