काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढी रहँदा सुनचाँदी धितोमा राखी कर्जा माग गर्नेको संख्या बढेको छ । चालु आर्थिक वर्ष २०८२\८३ को पहिलो तीन महिनमा ८५ अर्ब ८१ करोड कर्जा प्रवाह गरेको छ । कर्जा लिनेहरुलाई पनि आफूसँग भएको सुनचाँदी धितो राखेर पैसा लिन सबैभन्दा सजिलो हुने भएकाले उनीहरु पनि आकर्षित भएको अनुमान गर्न सकिन्छ ।
राष्ट्र बैंकका अनुसार २० वटा वाणिज्य बैंक मध्य १४ वटा वाणिजय बैंकले मात्र ७९ अर्ब ४३ करोड ५० लख सुनचाँदी कर्जा प्रवाह गरेको छ यो रकम अघिल्लो आवाको तुलनमा ४१.२१ प्रतिशतले बढीहो अघल्लो आवामा ५६ अर्ब २५ करोड ३० लाख कर्जा प्रवाह गरेको थियो। । तर ६ बैंकले भने यस्तो कर्जा प्रवाह गरेनन् ।
१४ वटा मध्ये नेपाल बैंकले धेरै कर्जा प्रवाह गरेको छ । नेपाल बैंकले चालु आवामा ३७ अर्ब ६८ करोड ३० लाख प्रवाह गरेको छ । त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकले सुनचाँदी धितो राखेर २६ अर्ब १ करोड ८० लाख कर्जा प्रवाह गरेको छ । नबिल बैंकले २ अर्ब ४ करोड ७० लाख कर्जा प्रवाह गरेको छ , नेपाल इन्भेष्टमेण्ट बैंकले २ अर्ब ६१ करोड ४० लाख कर्जा प्रवहा गरेको छ, एन आई सी एशिया बैंकले १ करोड १० लाख कर्जा प्रवाह गरेको छ । माछापुच्छ्रे बैंकले २३ करोड ९० लाख, कुमारी बैंकले ४० लाख ,लक्ष्मी बैंकले ७ अर्ब९० लाख, सिद्धार्थ बैंकले १ अर्ब ४०लाख, कृषि विकास बैंकले४० लाख सिटिजन्स बैंकले ७ अर्ब २० करोड, प्राइम कर्मसियल बैंकले ७ अर्ब ३० करोड ८० लाख,प्रभु बैंकले ५० लाख र एनएमबी बैंक २ लाख कर्जा प्रवाह गरेको हो।
त्यसैगरी स्टान्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक,नेपाल एसबीआई बैंक, एभरेष्ट बैंक, ग्लोबल आइएमई बैंक र सानीमा बैंकहरुले कर्ज प्रवहा गरेन ।

