नेपाली कांग्रेसको केन्द्रीय समितको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । कांग्रेसको वैठक  आज दिउँसो १ बजेदेखि पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन ललितपुरमा बस्न लागेको हो  ।

नेपाली कांग्रेसको  बैठक गत असोज २८ गतेदेखि सुरु भएको थियो । बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कार्यवाहक सभापतिका रुपम उपसभापति पुर्बहादुर खड्कालाइ दिएका छन् ।  बैठक गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शन, अन्तरिम सरकार गठन र प्रतिनिधिसभा विघटनपछि विकसित राजनीतिक अवस्था र पार्टीको भूमिकाका विषयमा केन्द्रीत रहेको जनाइएको छ ।

आजको बैठकमा पार्टीको १५औँ महाधिवेशनका विषयमा केन्द्रीत रहेर छलफल हुँदैछ । हाल सभापति शेरबहादुर देउवा नेतृत्वमा रहेको कार्यसमितिको कार्यकाल मङ्सिरभित्र सकिँदैछ ।

यस अवस्थामा सुरुदेखि नै पार्टीको नियमित महाधिवेशन गर्ने वा नगर्ने विषयमा चर्चा भइरहेको छ । नियमित महाधिवेशन नहुने अवस्थामा विशेष महाधिवेशन हुनुपर्ने मागसहित केही नेताहरूले महाधिवेशन प्रतिनिधिको हस्ताक्षर अभियान सञ्चालन गरेका थिए ।

त्यस क्रममा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेको जनाइएको छ ।

यसबीचमा तिहार तथा छठ पर्वसमेत परेकाले यही कात्तिक १ गतेको अन्तिम पटक बसेको बैठकले पूर्वकेन्द्रीय सदस्य ऋषिकेश गौतमको निधनप्रति शोक प्रस्ताव पारित गरी अर्को बैठक आजका लागि तोकेको थियो ।

काग्रेसको केन्द्रीय सिंतिको वैठकलाई बिषेस महत्वका साथ हेरिएको छ । नियमित महाधिबेधन मंसिरमा गर्नुपर्ने त्यो नभए बिशेष महाधिबेशन गरि पार्टीलाई आबधिक निर्वाचन मार्फत सहि ट्याकमा ल्याउनु पर्ने मत महामन्त्री द्वयको रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार