CLI

हालसम्म ७ वटा बैंकले लाभांश घोषणा गरे, अब कुनको बाँकी छ ?

काठमाडौं । सूचीकृत ७ वटा बैंकहरुले गत वर्षको नाफाबाट लाभांश घोषणा गरेका छन् । चालु आर्थिक वर्षको यस अवधिसम्म आइपुग्दासम्म ७ वटा बैंकहरुले लाभांश घोषणा गरिसकेका हुन् । जसमध्ये ३ वटाले उक्त प्रस्ताव साधारण सभाबाट पारित पनि गरिसकेका छन् । सानिमा, एभरेष्ट र माछापुच्छ्रे बैंकले साधारण सभाबाट लाभांश प्रस्ताव पारित गरिसकेका छन् ।

यता, लाभांश घोषणा गर्ने ७ कम्पनीमध्ये ४ वटाले भने सभा गर्न बाँकी छ । स्टान्डर्ड चार्टर्ड, ग्लोबल आइएमई, सिद्धार्थ र सिटिजन्स बैंकले साधारण सभा गर्न बाँकी छ । यी बैंकहरुके क्रमशः १९ प्रतिशत, ८ ,१०.५३ र ५.२६ प्रतिशत लाभांश दिने घोषणा गरेका छन् ।

लाभांश घोषणा गर्न बाँकी कम्पनीहरुमा नबिल बैंक, प्राइम कमर्सियल, लक्ष्मी सनराइज, नेपाल एसबीआई, एनएमबि, कृषि विकास र प्रभु बैंक रहेका छन् । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको लाभांश क्षमता जम्मा १.४४ प्रतिशत छ । त्यसैले यसले लाभाश प्रस्ताव नगर्ने सम्भावना पनि छ ।

गत वर्षको वित्तीय रिपोर्ट अनुसार कृषि विकास बैंकको लाभांश वितरण क्षमता १८.४२ प्रतिशत, नबिल बैंकको १७.६४ प्रतिशत, प्राईमको १४.३३, लक्ष्मी सनराइजको १२.३४ प्रतिशत, नेपाल एसबीआईको ११.२९ प्रतिशत, एनएमबीको १०.४०, प्रभुको ४.४४ प्रतिशत र नेपाल इन्भेष्टमेन्ट मेगाको १.४४ प्रतिशत लाभांश क्षमता छ । यी बैंकहरुले पनि अब विस्तारै प्रतिफल प्रस्ताव गर्दै जानेछन् ।

यता, नेपाल बैंक, एनआइसी एसिया, कुमारी र हिमालयन बैंकको लाभांश वितरण क्षमता ऋणात्मक छ । त्यसैले यिनीहरुले लाभांश दिन सक्दैनन् । र, यी बैंकहरुले साधारण सभा डाकेका पनि छैनन् ।

 

अघिल्लो वर्ष लाभांश क्षमता ऋणात्मक भएका यी बैंकहरुको अहिले भयो धनात्मक, ४ वटाले अझै दिन सक्दैनन्, कुनको कति ?

Leave Your Comment

Related News