काठमाडौं । नेप्से सूचक ३४ अंकले बढेको छ । साताको अन्तिम कारोबार दिन अर्थात, बिहीबार नेप्से सूचक ३४.२२ अंकले बढेर २६००.३८ विन्दुमा पुगेको छ । कारोबार रकम ७ अर्ब ५१ करोड ३९ लाख रुपैयाँ कायम भएको छ । यसदिन ३१९ वटा कम्पनीको सेयर किनबेच भएको छ । जसमध्ये २१६ वटाको भाउ बढेको छ भने २८ वटाको घटेको छ ।
बिहीबार हिमालयन बैंकको संस्थापक सेयरको सबैभन्दा धेरै कारोबार भएको छ । यसको १ अर्ब ६६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यसपछि, राधी विद्युतको ३७ करोड ६० लाख, नेपाल पुनर्बिमाको ३४ करोड १० लाख, साहस उर्जाको २० करोड ६० लाख र बुटबल पावरको २ करोड १४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
आज ५ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ । यस दिन १२ वटा उपसमूह बढेका छन् भनबे एउटा घटेको छ ।
बैंकिङ समूह ०.३३ प्रतितले बढेको छ । त्यस्तै, विकास बैंक १.२३, फाइनान्स १.६०, होटल्स तथा पर्यटन समूह ०.७०, जलविद्युत २.६७, लगानी १.३५, जीवन बीमा १.८०, उत्पादन र प्रशोधन १.७४, लघुवित्त १.६०, निर्जीवन बीमा १.७५ र अन्य समूह १.०६, व्यापार समूह ०.८८ प्रतिशतले बढेका छन् । म्युअुचल फण्ड समूह भने ०.१८ प्रतिशतले घटेको छ ।

