CLI

जेनजी आन्दोलनको क्रममा भएको क्षतिमा बीमा कम्पनीहरुद्वारा २ अर्ब ७९ करोड दाबी रकम भुक्तानी

काठमाडौं । हालैको जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको निर्जीवन बीमा कम्पनीहरूमा परेको कूल बीमा दाबी करिव रू. २३ अर्ब २३ करोड ३७ लाखमध्ये हालसम्ममा अग्रिम भुक्तानी (पेश्की) समेत गरी करिव रू. २ अर्ब ७९ करोड ७४ लाख बीमितहरूलाई भुक्तानी भएको छ ।

नेपाल बीमा प्राधिकरणमा निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त पछिल्लो तथ्याङ्क अनुसार कम्पनीहरूबाट अग्रिम भुक्तानी समेत गरी भुक्तानी भएको कूल दाबी रकममध्ये सम्पत्ति बीमातर्फ ६७३ वटा दाबीको करिव रू. १९ अर्ब १ करोड ९४ लाख दाबी रकममध्ये करिव रू. २ अर्ब २७ करोड ११ लाख र मोटर बीमातर्फ २ हजार २७० दाबीको करिव रू. ३ अर्ब ४४ करोड २६ लाख दाबी रकममध्ये करिव रू. ४७ करोड ७७ लाख भुक्तानी भएको छ ।

यसैगरी, इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ १९२ वटा दाबीको करिव रू. ३६ करोड ७९ लाख दाबी रकममध्ये करिव रू. ४ करोड ६२ लाख र अन्य बीमातर्फ ४० वटा दाबीको करिव रू. ३८ करोड ७२ लाख दाबी रकममध्ये करिव रू. २२ लाख अग्रिम भुक्तानी समेत गरी दाबी भुक्तानी भएको छ । परिवहन बीमातर्फ १२ वटा दाबीको दाबी रकम करिव रू. १ करोड ६६ लाख रहेको छ ।

प्रदेशगत रूपमा निर्जीवन बीमा कम्पनीहरूमा परेका कोशी प्रदेशमा ३९२ वटा दाबीको करिव रू. २ अर्ब ३२ करोड ४६ लाख दाबी रकममध्ये करिव रू. ३१ करोड ८४ लाख, मधेश प्रदेशमा ३६७ वटा दाबीको करिव रू. ७० करोड ४ लाख दाबी रकममध्ये करिव रू. ४ करोड ७१ लाख र बागमती प्रदेशमा १ हजार ७२३ वटा दाबीको करिव रू. १७ अर्ब ६१ करोड ६२ लाख दाबी रकममध्ये करिव रू. २ अर्ब १५ करोड ५९ लाख भुक्तानी भएको छ ।

यसैगरी, गण्डकी प्रदेशमा परेका २१६ वटा दाबीको करिव रू. १ अर्ब ६९ करोड २३ लाख दाबी रकममध्ये करिव रू. १५ करोड १८ लाख, लुम्बिनी प्रदेशमा २५७ वटा दाबीको करिव रू. ४७ करोड ४४ लाख दाबी रकममध्ये करिव रू. ८ करोड ७८ लाख, कर्णाली प्रदेशमा २८ वटा दाबीको करिव रू. ९ करोड ९९ लाख दाबी रकममध्ये करिव रू. ९० लाख र सुदूरपश्चिम प्रदेशमा परेका २०४ वटा दाबीको करिव रू. ३२ करोड ६० लाख दाबी रकममध्ये करिव रू. २ करोड ७२ लाख अग्रिम भुक्तानी समेत गरी दाबी भुक्तानी भएको तथ्याङ्क निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त भएको बिमा प्राधिकरणले जनाएको छ ।

जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको विभिन्न १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीहरूमा परेका कूल ३ हजार १८७ वटा बीमा दाबीको दाबी रकम करिव रू. २३ अर्ब २३ करोड ३७ लाख रहेको अद्यावधिक तथ्याङ्क रहेको छ ।

पुनर्बीमा कम्पनीबाट बीमकहरूलाई करिव रू. १ अर्ब ९९ करोड २२ लाख अग्रिम भुक्तानी

जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी भुक्तानीका लागि नेपाल पुनर्बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीहरूलाई करिव रू. १ अर्ब ९९ करोड २२ लाख अग्रिम भुक्तानी (पेश्की) उपलब्ध गराएको छ । नेपाल पुनर्बीमा कम्पनीमा परेका कूल २ हजार ८६८ वटा पुनर्बीमा दाबीको करिव रू. १६ अर्ब ५ करोड १३ लाख पुनर्बीमा दाबी रकम रहेको छ ।

Leave Your Comment

Related News