काठमाडौं । अतिक्रमिक जग्गा तथा मापदण्ड विपरीतका संरचना हटाउन ७ दिनको समय दिइएको छ। काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका विकास प्राधिकरणले एक सूचना जारी गर्दै सो कार्य ७ दिनभित्र गर्न निर्देशन दिएका हुन्। गत असोज २ गते बसेको महानगरपालिका र प्राधिकरणको संयुक्त बैठकले आज सार्वजनिक सूचना जारी गरी अतिक्रमित सार्वजनिक जग्गा र मापदण्ड विपरीतका संरचना खानी गर्ने निर्णय गरेको थियो।

