काठमाडौं । पछिल्लो ५ कारोबार दिनमा सेयर बजार १०० अंकभन्दा धेरैले बढको छ । बजारसँगै अधिकांस कम्पनीहरुको सेयर भाउमा पनि वृद्धि आएको छ । तर, अझै पनि केही कम्पनीहरुको सेयर सस्तोमा खरिद गर्न सकिन्छ । यसअघिको हाई विन्दुबाट हेर्दा हाल नेप्से सूचक निकै तल झरिसकेको छ । त्यसैले यो समय सेयर खरिद गर्नका लागि अवसर हुने सेयर बजारका जानकारहरु बताउँछन् ।
सूचीकृत ९ वटा कम्पनीको बजार भाउ प्रतिकित्ता २०० रुपैयाँ भन्दा कम छ । जसअनुसार शिवश्री हाइड्रोपावरको सेयर भाउ सबैभन्दा सस्तो छ । बिहीबारको अन्तिम कारोबार अनुसार यस कम्पनीको सेयर मूल्य १७३ रुपैयाँ छ ।
त्यसपछि, हिमाल दोलखाको सेयर भाउ १७८ रुपैयाँ, अपर तामाकोशीको १८०.१, बलेफीको १८२.४, कुमारी बैंकको १८७, नेसनल हाइड्रोपावरको १९४, आँखुखोलाको १९४, हिमालयन बैंकको १९९.५ रुपैयाँ रहेको छ । त्यस्तै, एचआइडीसीएलपीको सेयर मूल्य १८८ रुपैयाँ छ ।
सूचीअनुसार नियमित कारोबार हुने २ वटा बैंक, ५ वटा हाइड्रोपावर र एउटा लगानी समूहको कम्पनीको सेयर भाउ २०० भन्दा कम छ । त्यस्तै, ३९ वटा कम्पनी सेयर भाउ ३०० भन्दा कममा खरिद गर्न सकिन्छ ।
अहिले सस्तोमा सेयर खरिद गर्न सकिने हुँदा लगानीकर्ताले यो अवसरको फाइदा लिन सक्ने बजारका अग्रजहरु बताउँछन् । त्यसो त, अहिले ३०० भन्दा कम मूल्यमा कारोबार हुने गरेका कम्पनीहरुको सेयर भाउ बजार बढ्दा ३०० देखि ४०० रुपैयाँ भन्दा माथि कारोबार हुने गरेका थियो ।


