भिजिट भिसामा विदेश जान यी ४ शर्त पुरा गर्नुपर्ने

काठमाडौं । सरकारले भिजिट भिसा मार्फत विदेश जाने मापदण्ड परिमार्जन गरेको छ । नेपाल सरकार, गृहमन्त्री स्तरीय निर्णयबाट भिजिट भिसामा विदेश जाने मापदण्ड परिमार्जन गरिएको हो ।  परिमार्जित मापदण्ड कार्तिक १३ गतेबाट लागू हुनेछ । नयाँ मापदण्ड अनुसार भिजिट भिसामा विदश जानका लागि ४ शर्त पुरा गर्नुपर्ने छ ।

जस अन्तर्गत कम्तीमा ६ महिना वैध अवधी भएको राहदानी हुनुपर्ने छ । यसैगरी, सम्बन्धित देशको प्रवेशाज्ञा (VISA) वा On Arrival VISA प्राप्त हुने मुलुक भए प्रवेशाज्ञा नचाहिने अध्यागमन विभागले जनाएकाे छ ।

त्यसैगरी, प्रस्थान गर्ने गन्तब्यसम्मको हवाई टिकट, आफू भ्रमण गर्ने प्रयोजनको लागि जान लागेको, सोको लागि आवश्यक कागजात साथमा
रहेको र यसबाट सिर्जित परिणाममा स्वयम् जिम्मेवार रहने समेत व्यहोराको प्रस्थान गर्ने व्यक्तिले गरेको स्वः घोषणा गर्नुपर्ने छ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार