खराब मौसमको कारण तीन विमानस्थलमा उडान स्थगित

काठमाडौं । खराब मौसमको कारण तीन विमानस्थलमा उडान अवरुद्ध भएको छ। बिहीबारदेखि निरन्तर वर्षाका कारण मौसम अनुकूल नहुँदा भरतपुर, सुर्खेत र तुम्लिङटार विमानस्थलमा शनिबार उडान स्थगित गरिएको हो ।

पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभावका कारण शनिबार पनि देशको विभिन्न स्थानमा वर्षा भइरहेको छ ।

भोलिदेखि देशका अधिकांश भूभागमा मौसम खुल्दै जाने मौसमविद्हरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार