CLI

लुटेको प्रहरीको पेस्तोल किनबेच गर्ने व्यक्तिहरु पक्राउ

काठमाडौं । भदौ २४ गते लुटिएका प्रहरीको पेस्तोल किनबेच गर्न खोज्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले एउटा पेस्तोल, एउटा म्याग्जिन र १५ वटा गोलीसहित पाँच जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए।

भदौ २४ गते प्रहरीको कार्यालयबाट लुटपाट गर्नेमा धुनिबेशी गाउँपालिका घर भई काठमाडौं बस्ने २१ वर्षीय कृष्ण गुरूङ छन्।

उनलाई पक्राउ गरेपछि पेस्तोल बेचिसकेको खुलेको थियो। उनले काठमाडौंको भगवान पाउँस्थित जर्मन क्वाटर बस्ने २५ वर्षीय राजन देउलासँग मिलेर भदौ २४ गते पेस्तोल लुटेका थिए।

उनीहरू दुई जनाले पेस्तोल बेच्नलाई वर्षीय २४ को अकबर खानलाई दिएका थिए।

अकबरले भने बिजेश्वरी बस्ने २६ वर्षीय सुमिन शाक्यलाई बेचेको र क्षेत्रपाटी बस्ने ३८ वर्षीय प्रभात मल्लले अन्तिममा किनेको देखिएको हो। उनीहरू पाँचै जनालाई प्रहरीले पक्राउ गरेको छ।

Leave Your Comment

Related News