राष्ट्र बैंकले २ अर्ब ६० करोड मुद्दती निक्षेपमा राख्दै, प्रस्ताव गर्ने म्याद १८ गतेसम्म

काठमाडौं । नेपाल राष्ट्र बैंकले २ अर्ब ६० करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा राख्ने भएको छ । यसका लागि प्रस्ताव पठाउन राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सूचना जारी गरेको छ ।

राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम एक वर्षका लागि मुद्दती निक्षेपमा राख्न लागेको हो । जसअनुसार २ अर्ब ८० करोड रुपैयाँ वाणिज्य बैंकमा, ३९ रुपैयाँ विकास बैंकमा र १३ रुपैयाँ फाइनान्स कम्पनीमा राख्नका लागि सूचना जारी गरेको हो ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले यही कार्तिक १८ गते (मंगलबारसम्म) आफूले दिने ब्याजदरसहित राष्ट्र बैंकमा प्रस्ताव पठाउनु पर्नेछ ।
यसरी राष्ट्र बैंकको पैसा मुद्दती निक्षेपमा राख्नका लागि तोकिएका सर्तहरू भने बैंक तथा वित्तीय संस्थाले पालना गर्नु पर्नेछ । जसअनुसार सम्बन्धित संस्था सञ्चालनमा आएको कम्तीमा २ वर्ष पूरा भएको हुनुपर्ने, न्यूनतम पुँजी कोष अनुपात कायम रहेको, निष्क्रिय कर्जा कुल सापटीको ८ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात ३ प्रतिशत ननाघेको, कर्जा–निक्षेप (सीडी) अनुपात तोकिएको सीमाभित्र रहेको हुनुपर्ने लगायत छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार