पौने ३१ अंकले बढ्यो नेप्से, सवा ९ अर्ब बढीको कारोबार

काठमाडौं । साताको पहिलो दिन आइतबार  नेप्स सूचक ३०.७५ अंकले बढेको छ । बजार २६३१.१४  विन्दुमा पुगेरा बन्द भएको छ । यसदीन ३१० कम्पानीको ६८ हजार ११२ पटकको कारोबारमा ९ अर्ब २० करोड ३१ लाख ४६ हजार रुपयाँ बराबरको २ करोड ९७ लाख ३८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.१८ प्रतिशत बढेको छ भने फ्लोट इण्डेक्स ०.९७ र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८० प्रतिशत बढेको छ ।

यस दिन १२ वटा समूह बढेका छन् र १ वटा घटेका छन् । बैंकिङ ०.२९, विकास बैंक ०.९०, वित्त ५.१७ , होटल्स तथा पर्यटन समूह १.२०, जलविद्युत १.१८, लगानी ०.८०, जीवन बीमा ४.३५, उत्पादन र प्रशोधन ०.९६, लघुवित्त १.३८, म्युअुचल फण्ड ०.१० , निर्जीवन बीमा १.३३ र अन्य समूह १.२३, प्रतिशत बढेको छन्। व्यापार समूह १.१० प्रतिशतले घटेको छ ।

आइतबार हिमालयन बैंकको संस्थापक सेयरको सबैभन्दा धेरै कारोबार भएको छ । यसको १ अर्ब ६६ करोड बराबरको शेयर करोबार भएको छ । त्यसपछि युनियन हाइड्रोपावरको ३४ करोड ३० लाख, बुटवल पावर कम्पनीको २५ करोड ४८ लाख, राधी विद्युत कम्पनीको २० करोड ५१ लाख र एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभ्लपमेन्टको २० करोड ५१ लाख बराबर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार