सञ्चालनमा रहेका सबै म्युचुअल फन्ड घाटामा, करिब साढे ५ अर्ब पुग्यो नोक्सानी

काठमाडौं । सञ्चालनमा रहेका सबै म्युचुअल फन्डहरु घाटामा रहेका छन् । विभिन्न क्यापिटलहरुले सार्वजनिक गरेको रिपोर्ट अनुसार ५२ म्युचुअल फन्डहरुले असोजमा ५ अर्ब ४५ करोड रुपैयाँ घाटा व्यहोरेका छन् । अघिल्लो महिनामा फन्डहरुले समग्रमा १ अर्ब ४३ करोड नोक्सानी व्यहोरेका थिए ।

सेयर बजार घटेसँगै यी फन्डहरुको नाफामा पनि गिरावट आएको हो । असोज महिनामा सेयर बजारमा गिरावट देखिएको थियो । त्यसैले फन्डहरु घाटामा गएका हुन् । फन्डको लगानीको ठूलो हिस्सा सेयर बजारमा रहेको हुन्छ ।

त्यसैले बजारमा उतरचढाव आउँदा नाफा पनि तलमाथि हुन्छ । तथ्यांक अनुसार ५२ मध्ये एउटा फन्ड पनि नाफामा गएको छैन । यता, असोज महिनामा फन्डहरुको सेयर बजारमा ४८ अर्ब ५७ करोड रुपैयाँ लगानी रहेको देखिएको छ । यो भदौको भन्दा २.७८ प्रतिशत कम हो ।

कुन म्युचुअल फन्डको कति लगानी ?

सञ्चालनमा रहेका सामूहिक लगानी कोषमध्ये सेयर बजारमा सबैभन्दा धेरै लगानी एनआइबीएल सहभागिता फन्डको रहेको छ । असोज महिनामा यसको सूचीकृत कम्पनीको सेयरमा ५ अर्ब ८३ करोड भन्दा धेरैको लगानी रहेको छ ।

गएको भदौमा ६ अर्ब १३ करोड रुपैयाँ लगानी थियो । एनएमबि सरल बचतको ३ अर्ब ११ करोड लगानी रहेको छ । १४ वटा फन्डहरुको लगानी १ अर्ब भन्दा धेरै छ । समग्रमा म्युचुअल फन्डहरुले ४८ अर्ब ५७ करोड रुपैयाँ सेयर बजारमा लगानी गरेका छन् । यो अघिल्लो महिनाको भन्दा २.७८ प्रतिशत कम हो ।

न्याभ

प्रभु स्मार्ट फन्डको न्याभ सबैभन्दा धेरै ११.३० रुपैयाँ छ । त्यस्तै, प्रभु सेलेक्ट फन्डको न्याभ ११.०१ रुपैयाँ छ । ५२ मध्ये ८ वटाको न्याभ १० रुपैयाँ भन्दा धेरै छ । बाँकीको न्याभ १० भन्दा कम छ ।

 नाफा

सञ्चालनमा रहेका म्युचुअल फन्डहरुले असोज महिनामा ५ अर्ब ४५ करोड रुपैयाँ घाटा व्यहोरेका छन् । अघिल्लो महिना यिनीहरुले १ अर्ब ४३ करोड नोक्सानी व्यहोरेका थिए । सञ्चालनमा रहेका सबै फन्डहरु घाटामा छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार