CLI

तेह्रथुम पावर कम्पनीको साधारणसभा आज बस्दै

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडको साधारणसभा आज बस्दैछ । कम्पनीको ८ औँ  वार्षिक साधारणसभा आज काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेटमा मध्यान्ह साढे १२ बजेदेखि बस्दैछ ।

सभाले गत आर्थिक वर्ष (आव) को वित्तीय विवरणहरू छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ । त्यसैगरी नियमनकारी निकाय वा कार्यालयबाट कुनै विषयमा संशोधन, परिवर्तन तथा कुनै पनि किसिमको निर्देशन वा कैफियत प्राप्त भएमा सो समेतलाई मिलाई संशोधन वा परिवर्तन गर्ने लगायतका आवश्यक काम गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।

कम्पनीले सभाका लागि लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव भने समावेश गरेको छैन। सभा प्रयोजनार्थ कम्पनीले कात्तिक १२ गते एक दिन बुक क्लोज गरिसकेकाले कात्तिक ११ गतेसम्म कायम शेयरधनीहरू यस सभामा भाग लिन सक्नेछन् ।

Leave Your Comment

Related News