गरिमा विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । गरिमा विकास बैंको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले १९औं वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि कात्तिक १८ गते बुक क्लोज गर्ने भएकाले आजसम्म कायम सेयरधनी मात्रै सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।

यस बैंकले आफ्ना सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको ६ प्रतिशत बोनस सेयर र ४.५३ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । यो निर्णय पारितका लागि यही कात्तिक १७ गते होटल पोखरा ग्राण्डमा बिहान ११ बजेदेखि साधारणसभा बस्दैछ ।

यसका साथै गत आर्थिक वर्ष (आव) को वित्तीय विवरण पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गर्ने, केन्द्रीय कार्यालय बालुवाटारमा सार्ने, बैंकको छाप र लोगो फेर्ने, उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जरमा जान र बैंकको प्रबन्धपत्र÷नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव बैंकको साधारणसभाले पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार