८ अंकले घट्यो नेप्से सवा ३ अर्बले कारोबार रकम

काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयर बजार घटेको छ । सोमबार नेप्से परिसूचक ८.२४ अंकले घटेर २६२२.८९ विन्दुमा पुगेर बन्द भएको छ । भने सेन्सेटिभ इन्डेक्स ०.८३ अंकले घटेर ४५६.३९ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै फोल्ट इन्डेक्स ०.५६ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.२२ अंकले घटेको हो ।

सोमबार ३३३ वटा कम्पनीको ५४ हजार ८९२ पटक धितोपत्र कारोबार हुँदा १ करोड २१ लाख ८५ हजार ३८८ कित्ता शेयर खरीद बिक्री भएको छ । कारोबार रकम भने ६ अर्ब ५ करोड २२ लाख पुगेको छ । जुन आइतबारको तुलनामा कारोबार रकम ३ अर्ब १५ करोड ९ लाखले कम हो ।

आइतबार ३१० कम्पानीको ६८ हजार ११२ पटकको कारोबारमा ९ अर्ब २० करोड ३१ लाख ४६ हजार रुपयाँ बराबरको २ करोड ९७ लाख ३८ हजार कित्ता सेयर खरिदबिक्री भएको थियो ।

सोमबार ७२ वटा कम्पनीको शेयर मूल्य बढ्दा १७२ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ५ वटा कम्पनीको शेयर स्थिर रहेको छ ।

यस दिन सबै ६ वटा समूह बढ्दा ७ वटा समूह घटेको छ । विकास बैंक ७, होटल र पर्यटन १, उत्पादन र प्रशोधन १८, म्युअुचल फण्ड ०.०६, व्यापार ३५ र अन्य समूह १० अंकले बढेको हो । बैंकिङ ३, वित्त ३, जलविद्युत ३६, लगानी ०.७४, जीवन बीमा १४१, लघुवित्त ३२, निर्जीवन बीमा १ अंकले घटेको हो ।

यस दिन सर्वाधिक कारोबार हुनेमा शिवम सिमेन्ट रहेको छ । शिवम सिमेन्टको ३७ करोड ६८ लाख बराबर कारोबार भएको छ । त्यसपछि इन्फ्रास्ट्रक्चर एण्ड डेभ्लपमेन्टको ३३ करोड ९४ लाख, राधी विद्युत कम्पनीको २४ करोड ६१ लाख, सिनर्जी पावरको २४ करोड ३१ लाख र युनियन हाइड्रोपावरको २३ करोड ६२ लाख बराबर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार