विकट र विपन्न परिवारहरुको क्षेत्रमा वैकल्पिक उर्जाले ठूलो योगदान पुराएको छ : मन्त्री घिसिङ

काठमाडौं । उर्जा मन्त्री कुलमान घिसिङले नेपालको विकट र विपन्न परिवारहरुको क्षेत्रमा वैकल्पिक उर्जाले ठूलो योगदान पुराएको बताएका छन् । मंगलबार वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको २९ औं वार्षिकत्सोवको क्रममा उनले सो कुरा बताएका हुन् ।

नेपालको विकट र विपन्न परिवारहरुको क्षेत्रमा ठूलो योगदान पुराएको छ । विगत गाँउहरुमा जुन किसिमको काम गरेको छ केन्द्र त्यसका लागि बधाईको पात्र बनेको उनले बताए ।

मन्त्री घिसिङले अझै यो क्षेत्रमा धेरै गर्नु आवश्यक रहेको र यसको कार्यक्षेत्र धेरै बढेको बताए ।
‘पहिला विद्युतिकरणको लागि वैकल्पिक उर्जा, सोलर र लघु हाइड्रोपावरको प्रयोग रहेको थियो,’ उनले भने,‘ हाल परिस्थिति बदलिएको हुँदा अहिलेको कार्यक्षेत्र विद्युत खपतको लागि वैकल्पिक उर्जाले काम गरेको छ । यसको कार्यक्षेत्र भित्र विद्युत खपत समेत परेको छ ।’

उनले ऐनले विद्युत खपतको बारेमा वैकल्पिक उर्जा लगायतका स्रोतहरुको यवस्था गरेको बताए । अबको दिनमा इजर्नी प्रभाविकरतालाई कसरी अघि बढाउनु पर्छ ? यसको लागि कार्यक्रम बनाएर क्रमिक रुपमा अघि बढ्नु पर्छ भन्ने आफूलाई लागेको छ, मन्त्री घिसिङले भने ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार