बागलुङको यातायात व्यवस्था कार्यालयका सेवाहरु सूचारु

काठमाडौं । यातायात व्यवस्था बागलुङको अवरुद्ध सेवाहरु कात्तिक १७ गतेदेखि आंशिक रुपमा संचालनमा आएका छन्  । जेनजी आन्दोलनको क्रममा यातायात व्यवस्था विभाग पूर्ण रुपमा क्षति भई सेवाहरु अवरुद्ध भएका थिए । हाल सवारी चलक अनुमति पत्रको नविकरण, प्रतिलिपि र वेरिफिकेशन सेवाहरु सूचारु भएका हुन् । त्यसैगरी, सवारी चालक अनुमति पत्रको नयाँ आवेदन दर्ता लगायतका अन्य सेवाहरु अर्को सूचना प्रकाशित भए पश्चात संचालन हुने कार्यालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार