CLI

क्वारेन्टिन कार्यालय काँकरभिट्टाः तीन अर्ब ३६ करोड बराबरको कृषिजन्यवस्तु निर्यात

भद्रपुर । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकरभिट्टाबाट चालु आर्थिक वर्ष २०८२\८३ को पहिलो त्रैमासिकमा  ३ अर्ब ३६ करोड ७८ लाख ६० हजार रुपैयाँ बराबरको कृषिजन्य वस्तु निर्यात भएको छ । कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका अनुसार निर्यात हुने मुख्य वस्तुहरूमा अलैँची, चिया, प्लाइ तथा भेनियर, अदुवा, अम्लिसोलगायत रहेका छन् । उक्त ३ महिनामा सबैभन्दा धेरै अलैँची १ अर्ब ५१ करोड ८१ लाख रुपैयाँ, चिया  ७५ करोड ६६ लाखरुपैयाँ, प्लाइउड  २७ करोड ७४ लाख रुपैयाँ, भेनियर  २७ करोड २८ लाख रुपैयाँ, अम्लिसो  १९ करोड ५९ लाख रुपैयाँ बराबरको निर्यात भएको छ । त्यसैगरी, कार्यालयको तथ्याङ्कअनुसार अदुवा रु ११ करोड ९० लाख, ताजा तरकारी रु नौ करोड ४७ लाख रुपैयाँ, जडीबुटी १ करोड २४ लाख रुपैयाँ, मसुरो दाल  ७  करोड ४१ लाख रुपैयाँ मूल्यबराबरको निर्यात भएको छ ।

सूचना अधिकारी ठाकुरका अनुसार सोही अवधिमा पूर्वीनाकाबाट १ अर्ब ४५ करोड १३ लाख ६५ हजार रुपैयाँ  बराबरको कृषिजन्य मालवस्तु आयात भएको छ । आयात हुने मुख्य कृषिजन्य वस्तुहरूमा आलु, कोदो, गेडागुडी दलहन, चामल, ताजा तरकारी, ताजा फलफूल, लसुन, मकै, पशु दानालगायत रहेका छन् । क्वारेन्टिन कार्यालयको तथ्याङ्कअनुसार कोदो ६ करोड २० लाख रुपैयाँ, चामल ४ करोड ९६ लाख रुपैयाँ, तरकारी ३ करोड ६लाख रुपैयाँ बराबरको आयात भएको छ । त्यसैगरी, ताजा फलफूल  २३ करोड ६७ लाख रुपैयाँ , लसुन  १७ करोड ९९ लाख रुपैयाँ , आलु  ३० करोड ७७ लाख रुपैयाँ बराबरको आयात भएको क्वारेन्टिन कार्यालयले जनाएको छ ।

Leave Your Comment

Related News