CLI

असोज तेस्रो साताको बाढी पहिरोले बीमा कम्पनीमा ३ अर्ब बढीको बीमा दाबी

काठमाडौं ।  असोज १८ गतेदेखि २० गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोका कारण भएको क्षतिबाट ३ अर्ब बढीको बीमा दाबी परेको छ।

नेपाल बीमा प्राधिकणका अनुसार असोज ३० गतेसम्म प्राप्त तथ्यांकमा १५ वटा इन्स्योरेन्स कम्पनीमा जम्मा  ३ अर्ब २६ करोड ७६ लाख बराबरको बीमा दाबी दर्ता भएको छ।

सबैभन्दा बढी दाबी शिखर इन्स्योरेन्समा परेको छ। सो कम्पनीमा मात्र  ६० करोड ९४ लाख बराबरको दाबी दर्ता भएको छ। साथै, सबैभन्दा कम दाबी स्टार माइक्रो इन्स्योरेन्समा परेको छ । उक्त कम्पनीमा मात्र रु ८ लाख दाबी परेको छ ।

बीमा दाबीमध्ये सबैभन्दा ठूलो हिस्सा सम्पत्ती बिमामा परेको देखिएको छ। सम्पत्ती बिमामा २ अर्ब ७० करोड बराबरको दाबी दर्ता भएको छ।

Leave Your Comment

Related News