काठमाडौं । मंगलबार नेप्से सूचक २७.६४ अंकले घटेको छ । बजार २५९५.६४ विन्दुमा पुगेर बन्द भएको छ । यसदिन ३३२ कम्पनी ४६ हजार ८७५ पटकको कारोबारमा हुँदा १ करोड ३ लाख ४३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । कारोबार रकम भने ५ अर्ब १५ करोड ७ लाख पुगेको छ । यो सोमबारको तुलनमा ९० कारोड १६ लाख कम हो ।
सोमबार ३३३ वटा कम्पनीको ५४ हजार ८९२ पटकको कारोबारमा ६ अर्ब ५ करोड २२ लाख रुपयाँ बराबरको १ करोड २१ लाख ८५ हजार ३८८ कित्ता शेयर खरिदबिक्री भएको थियो । त्यस्तै, मंगलबार सेन्सेटिभ इण्डेक्स ०.८६ प्रतिशत घटेको छ भने फ्लोट इण्डेक्स १.०६ र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८४ प्रतिशत घटेको छ ।
यसदिन सबै उपसमूह घटेका छन् । बैंकिङ ०.६६ प्रतिशत, विकास बैंक १.४७, वित्त २.२१, होटल्स तथा पर्यटन समूह ०.९३, जलविद्युत १.२१, लगानी ०.८७, जीवन बीमा १.४४, उत्पादन र प्रशोधन ०.९१, लघुवित्त ०.७५, म्युअुचल फण्ड ०.३१ , निर्जीवन बीमा १.२१, अन्य समूह १.८१ र व्यापार समूह ०.११ प्रतिशतले घटेको छ ।

