एशियन र नेपाल इन्स्योरेन्सको हकप्रद शेयर नेप्सेमा सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) दुई कम्पनीको हकप्रद शेयर सूचीकृत भएको छ । दुई इन्स्योरेन्स कम्पनीको २ करोड ८ लाख ५६ हजार २८० कित्ता शेयर सूचीकृत भएको हो ।

एशियन लाइफ इन्स्योरेन्सले शेयरधनीहरुलाई प्रदान गरेको ४२ प्रतिशत हकप्रद बापतको १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता शेयर आज सूचीकृत भएको छ ।

त्यस्तै नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयरधनीहरुलाई प्रदान गरेको ४० प्रतिशत हकप्रद बापतको ६५ लाख ७६ हजार ९६७.७६ कित्ता शेयर सूचीकृत भएको हो ।

शेयर आजदेखि  कारोबारमा आउनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार