काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य १ हजार १ सयले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंक अनुसार बुधबार सुन प्रतितोला २ लाख ३७ हजार २ सय रुपैयाँमा करोबार भइरहेको छ । मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ३८ हजार ३ सय रुपैयाँ रहेको थियो ।
त्यसैगरी यसदिन चाँदिको मूल्य २५ रुपैयाँले घटेको छ । बजारमा चाँदी प्रतितोला २ हजार ९ सय ९० रुपैयाँमा खरिदबिक्रि भइरहेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला ३ हजार ३० रुपैयाँ थियो ।

