स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव पेश गर्न आग्रह

काठमाडौं । सरकारले स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव पेश गर्न आग्रह गरेको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले बुधबार सूचना प्रकाशित गर्दै कर्जाका लागि परियोजना प्रस्ताव पेश गर्न आग्रह गरेको छ ।

प्रतिष्ठानका अनुसार स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८२ (पहिलो संशोन सहित) बमोजिम स्टार्टअप उद्यमको दफा ४ अनुसार योग्यता पुरा गरेकाले आवेदन दिन सक्नेछ । सोही कार्यविधि दफा ४ को अनुसूची १ बमोजिमको क्षेत्रमा नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका स्टार्टअप उद्यम कर्जा लिन इच्छुक उद्यमीले अबको २१ दिनभित्र परियोजना प्रस्ताव पेश गर्न आग्रह गरिएको छ ।

सरकारले नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएकालाई स्टार्टअप उद्यममार्फत् औद्योगिक विकास गर्ने गरी उक्त परियोजना अघि बढाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार