काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्तामा गुरुप्रसाद पौडेल नियुक्त भएका छन् । बैंकका कार्यकारी निर्देशक पौडेले बुधबारदेखि लागू हुने गरी बैंकको प्रवक्ता तोकिएका हुन् ।
२०५९ सालमा बैंक सेवामा प्रवेश गरेका पौडेलको बैंक तथा वित्तीय संस्था नियमन विभाग, भुक्तानी प्रणाली विभाग, विदेशी विनिमय व्यवस्थापन विभाग र बैंक सुपरिवेक्षण विभागक ल गायतको कार्यानुभव रहेको छ ।
उनी हाल मानव संसाधन व्यवस्थापन विभागमा कार्यरत थिए ।

