नेप्से सूचक १२.१७ अंकले बढ्यो, कारोबार रकममा भने गिरावट

काठमाडौं । बुधबार नेप्से सूचक १२.१७ अंकले बढेको छ । बजार २६०७.४२ विन्दुमा पुगरे बन्द भएको छ । यसदिन ३१२ कम्पनी ४२ हजार ८७९ पटकको करोबार हुँदा ९२ लाख १८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ  । कारोबार रकम भने ४ अर्ब ६८ करोड १९ लाख रुपैयाँ पुगेको छ । यो रकम मंगलबारको तुलनामा ४७ करोड ५० लाख कम हो । मंगलबार ५ अर्ब ७ करोड रुपयाँ बराबरको कारोबार भएको थियो ।

बुधबार सेन्सेटिभ इण्डेक्स ०.२५ प्रतिशत बढेको छ भने फ्लोट इण्डेक्स ०.५० र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२९ प्रतिशतले बढेको छ । त्यसैगरी, ११ वटा उपसमूह बढेका छन् भने २ वटा घटेका छन् । बैंकिङ ०.५६ प्रतिशत, विकास बैंक ०.०८,  वित्त ३.४१, जलविद्युत ०.३९,  लगानी ०.६६, जीवन बीमा ०.४०, उत्पादन तथा प्रशोधन ०.६३,  लघुवित्त ०.२२, , निर्जीवन बीमा ०.२१, अन्य समूह ०.४४ र व्यापार समूह ०.४२  प्रतिशतले बढेको छ । होटल्स तथा पर्यटन समूह ०.४५,  म्युअुचल फण्ड ०.०५ प्रतिशतले घटेको छ ।

यस दिन सर्वाधिक कमाउने कम्पनीमा माबिलुङ्ग इनर्जी लिमिटेड ९.९९ प्रतिशत, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था ९.९६, नेपाल फाइनान्स ९.२३, सम्पदा लघुवित्त वित्तीय संस्था ५.८६ पिपुल्स हाइड्रोपावर ४.५८ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार