भिभो वाई ४०० नेपाली बजारमा सार्वजनिक

काठमाडौं । स्मार्टफोन निर्माता कम्पनी भिभोले वाई सिरिजअन्तर्गतको नयाँ मोडल ‘भिभो वाई ४००’ नेपाली बजारमा आधिकारिक रूपमा सार्वजनिक गरेको छ । शैली, मनोरञ्जन, टिकाउपन र शक्तिशाली प्रदर्शन चाहने प्रयोगकर्तालाई लक्षित यो मोडल सुलभ मूल्यमै फ्ल्यागशिप स्तरको अनुभव दिने दाबी कम्पनीले गरेको छ ।

भिभो वाई ४०० आकर्षक दुई रङ पर्ल व्हाइट र डायनामिक ग्रीनमा उपलब्ध छ । ७.९ मिमि मेटालिक फ्रेम, पातलो बेजल र कुशन–कट डायमन्ड क्यामेरा डिजाइनसहित यसले प्रिमियम लुक प्रदान गरेको छ । यसमा ६.६७–इन्च १२० हर्ज एएमोलेड डिस्प्ले रहेको छ, जसले रंगीन र स्पष्ट दृश्य दिन्छ भने डुअल स्टेरियो स्पिकरमार्फत ४०० प्रतिशतसम्म ध्वनि वृद्धि गर्न सकिने सुविधा छ । उक्त डिस्प्ले एसजीएस आई प्रोटेक्सन प्रमाणित रहेको छ ।

५० मेगापिक्सेलको सोनी आईएमएक्स ८५२ मुख्य क्यामेरा, ८ मेगापिक्सेल फ्रन्ट क्यामेरा र २ मेगापिक्सेल बोके लेन्ससहित, यो फोनले उच्च गुणस्तरको फोटोग्राफी सुनिश्चित गर्छ । अण्डरवाटर फोटोग्राफी मोड, वन–ट्याप वाटर इजेक्सन र एआई इरेज २.० जस्ता सुविधा थप आकर्षण बनेका छन् ।

आईपी ६८/६९ डस्ट तथा वाटर रेसिस्ट्यान्ट प्रमाणन प्राप्त यस फोनले २ मिटर गहिराइमा ३० मिनेटसम्म सुरक्षित रहन सक्छ । वेट–ह्याण्ड टच प्रविधिले भिजेको हातले पनि सहज प्रयोग गर्न सकिने सुविधा दिन्छ । साथै, एयर–स्प्रीङ प्रविधियुक्त ड्रप रेजिस्टेन्ट केससमेत फोनसँगै उपलब्ध गराइएको छ ।

यी सुविधासहित भिभो वाई ४००मा ६००० एमएएच क्षमताको ब्याट्री छ, जसले ६१ घण्टा संगीत, ४ घण्टा बढी भिडियो स्ट्रिमिङ तथा २ घण्टाभन्दा बढी गेमिङको समर्थन गर्छ । ४४ वाट फ्ल्यासचार्ज प्रविधिबाट फोनलाई १ प्रतिशतबाट ५० प्रतिशत चार्ज गर्न ३० मिनेट मात्र लाग्ने बताइएको छ । स्मार्ट चार्जिङ इन्जिन २.०, ओभरनाइट चार्जिङ प्रोटेक्सन तथा २४–डाइमेन्सन सेफ्टी मोनिटरिङले चार्जिङलाई थप सुरक्षित बनाएको छ ।

स्न्यापड्रैगन ६८५ (६एनएम) चिपसेटले सञ्चालित वाई ४००मा २५६ जीबी स्टोरेज र ८ जीबी एक्सटेन्डेड र्याम दिइएको छ । भिभोको ’५० मन्थ स्मूथ एक्सपेरियन्स’ फिचरले दीर्घकालीन प्रदर्शन स्थिर रहने कम्पनीको दाबी छ । साथै, एआई नोट्स, एआई रेकर्डर, स्क्रिन ट्रान्सलेसन र सर्कल टु सर्च लगायतका स्मार्ट फिचरहरू पनि समावेश छन् ।

भिभो वाई ४०० हाल भिभोका अधिकृत रिटेल स्टोर तथा दराज अनलाइन प्लेटफर्ममार्फत ३६ हजार ९९९ रुपैयाँमा खरिद गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार