देवदह । भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम ३ महिनामा रु २७ अर्ब ७५ करोड ५३ लाख ७८ हजार राजस्व सङ्कलन गरेको छ । भन्सार अधिकृत सन्तोषकुमार न्यौपानेका अनुसार गत साउनमा रु ९ अर्ब २ करोड ९४ लाख ३४ हजार, भदौमा रु ९ अर्ब ७० करोड ६३ लाख ९ हजार र असोजमा रु ९ अर्ब २८ करोड ६७ लाख २० हजार सङ्कलन भएको छ । जेनजी आन्दोलनमा आगजनी र तोडफोडबाट क्षतिग्रस्त भन्सार कार्यालयले केही समय त्रिपालबाट सेवा प्रवाह गरेको थियो ।
भैरहवा भन्सारबाट ३ महिनामा २७ अर्ब ७५ करोड राजस्व सङ्कलन

