काठमाडौं । कृषि विकास बैंकले गत आर्थिक वर्ष २०८१-८२ को नाफाबाट लाभांश घोषणा गरेको छ । यस बैंकको सञ्चालक समितिको बुधबार बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ३.२५ प्रतिशत बोनस सेयर र करसहित ९.७५ प्रतिशत नगद लाभांश गरी कुल १३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधराणसभाबाट अनुमोदन गरी वितरण गरिनेछ ।
बैंकले अग्राधिकार सेयर पुँजीमा वार्षिक ६ प्रतिशतले हुन आउने नगद लाभांश वितरण गर्ने निर्णय पनि गरेको छ।

