११ अंकले घट्यो नेप्से साढे ७३ करोडले बढ्यो कारोबार रकम

काठमाडौं । साताको अन्तिम दिन बिहीबार शेयर बजार घटेको छ । बिहीबार नेप्से परिसूचक ११.२९ अंकले घटेर २५९६.१२ विन्दुमा पुगेर बन्द भएको छ । भने सेन्सेटिभ इन्डेक्स २.०८ अंकले घटेर ४५१.५२ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै फोल्ट इन्डेक्स ०.८१ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.७६ अंकले घटेको हो ।

बिहीबार ३२० वटा कम्पनीको ५० हजार ४३७ पटक धितोपत्र कारोबार हुँदा १ करोड ८ लाख ६८ हजार १४६ कित्ता शेयर खरीद बिक्री भएको छ । करोबार रकम भने ५ अर्ब ४१ करोड ६९ लाख पुगेको छ । जुन बुधबारको तुलनामा ७३ करोड ५० लाखले बढी  हो । बुधबार कारोबार रकम भने ४ अर्ब ६८ करोड १९ लाख रुपैयाँ पुगेको थियो ।
बिहबिार ७७ वटा कम्पनीको शेयर मूल्य बढ्दा १६५ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ९ वटा कम्पनीको शेयर स्थिर रहेको छ ।

यस दिन सबै २ वटा समूह बढ्दा ११ वटा समूह घटेको छ । उत्पादन र प्रशोधन ९ र म्युअुचल फण्ड ०.०३ अंकले बढेको हो । बैंकिङ ६,विकास बैंक ३०, वित्त ४, होटल र पर्यटन १६, जलविद्युत २३, लगानी ०.१२, जीवन बीमा ७५, लघुवित्त ७, निर्जीवन बीमा १०९, व्यापार ८ र अन्य समूह १५ अंकले घटेको हो ।

यस दिन सर्वाधिक कारोबार हुनेमा शिवम सिमेन्ट रहेको छ । शिवम सिमेन्टको ३० करोड ९१ लाख बराबर कारोबार भएको छ । त्यसपछि राधी विधुत कम्पनीको ३० करोड ७६ लाख, हिमालयन डिष्ट्रीलरीको २७ करोड ८५ लाख, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभ्लपमेन्टको २७ करोड २६ लाख र युनियन हाइड्रोपावरको १९ करोड ५२ लाख बराबर करोबार भएको छ ।

बिहीबार दरमखोला हाइड्रो र मबिलुङ इनर्जीको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा सम्पदा लघुवित्तको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार