लक्ष्मी सनराइज बैंकको नाफामा गिरावट, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले चालु आर्थिक वर्षको असोजसम्ममा ३३ करोड २३ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिमा तुलनामा ३८.०४ प्रतिशत कम हो । गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा बैंकले ५३ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १.५९ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी २६.५९ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी १४.८० प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ४२.११ प्रतिशत घटेको छ। बैंकको इम्पेरमेन्ट चार्ज १ अर्ब १६ करोड ७९ लाख रुपैयाँबाट बढेर १ अर्ब ९३ करोड ९१ लाख रुपैयाँ पुगेको छ। जसका कारण सञ्चालन मुनाफा र खुद नाफा घट्न पुगेको हो।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३ रुपैयाँ ७९ पैसाले घटेर ५ रुपैयाँ ४६ पैसामा सीमति भएको छ। असोज मसान्तसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ १८४ रुपैयाँ ८९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३९.७४ गुणा रहेको छ ।

२४ अर्ब ३४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १८ अर्ब ४ करोड रुपैयाँ सञ्चित छ। बैंकले असोज मसान्तसम्ममा ३ खर्ब ७५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ८२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार