काठमाडौं । नेपाल डिस्टिलरिज प्रा.लि.को ब्रान्ड खुकुरी रमले एक्स ओ क्लबमा आफ्नो नयाँ अभियान ‘मेरो खुकुरी’ सार्वजनिक गर्दै ब्रान्ड यात्राको नयाँ अध्याय सुरु गरेको छ । कलाकार, क्रियेटर र युवा परिवर्तनकर्ताहरू एकै ठाउँमा भेला भई उक्त अभियानको सुरुवात गरेका थिए ।
ओ.एम.जी. स्पार्कद्वारा प्रस्तुत ‘मेरो खुकुरी’ संगीत भिडियोको पहिलो प्रदर्शन, एक जोसिलो गीत जसले आजका युवाहरूको ऊर्जा र नेपाली संस्कृतिप्रतिको गर्वलाई एउटै तालमा बाँधेको छ । कार्यक्रमको सञ्चालन रोनिश्मा श्रेष्ठले गरेकी थिइन् । ओ.एम.जी. स्पार्कको लाइभ प्रस्तुति, आकर्षक अनुभवहरू र ‘वान स्पिरिट वान नेपाल’ भन्ने भावनाले भरिएको यो साँझले ‘मेरो खुकुरी’ अभियानलाई जीवन्त बनाएको कम्पनीको दाबी छ । ‘यस अभियानमार्फत खुकुरी रमले पुरानो दृष्टिकोण परिवर्तन गर्दै, आफ्नो पहिचानलाई नयाँ पुस्तासँग जोड्न खोजेको छ, एउटा यस्तो ब्रान्डका रूपमा जुन केवल परम्पराको प्रतीक होइन, बरु आधुनिक नेपाली गर्व र पहिचानको प्रतीक हो’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

