काठमाडौं । प्रहरीले नक्कली बीमा दाबी गर्ने छ जनालाई पक्राउ गरेको छ।
ललितपुर गोदावरी नगरपालिका– १४ का ३६ वर्षीय सुनिल महर्जन, ३३ विकेश कुँवर, काठमाडौं महानगरपालिका– १२ का ५१ बिनोद डंगोल, सर्लाही इश्वरपुर नगरपालिका– ३ का ३९ सुनिल सापकोटा, काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका– २ का ४८ वर्षीय हरिप्रसाद गौतम, बारा निजगड नगरपालिका– ६ का ४५ मनोजकुमार आचार्यलाई पक्राउ गरिएको जिल्ला प्रहरी परीसरका एक अधिकारीे बताएका छन् ।
उनीहरूले नक्कली सवारी दुर्घटना खडा गरी बीमा रकम दाबी गरेका थिए। नक्कली सवारी दुर्घटना खडागरी सरकारी कार्यालयको नक्कली कागजात तथा छाप बगाएर नक्कली घाइते खडा गरी घाइतेको उपचार समेत अस्पतालमा गरेको भनी नक्कली कागजात बनाएको भटिएको प्रहरीले जनाएको छ।
प्रहरीले पैसा भुक्तान गराउने उक्त कम्पनीका कर्मचारीलाई समेत नियन्त्रणमा लिएको उनले बताए। उनीहरूलाई लिखत सम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

