CLI

आरएसडिसी लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले भोली अर्थात कात्तिक २५ गते बुकक्लोज गर्दैछ । यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले लघुवित्तको साधारणसभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

लघुवित्तले मंसिर १२ गते, शुक्रबार, वेष्टर्न एशियन होटल प्रा.लि., बुटवल, रुपन्देहीमा बाह्रौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान साढे ९ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पुँजीको ८ प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। त्यस्तै, सभाले अन्य वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

Leave Your Comment

Related News