काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । नेप्समा यस कम्पनीको ५ लाख ७७ हजार ५०० कित्ता सेयर सूचीकरण भएको हो । सर्वसाधारण सेयरधनीहरुमा वितरण गरिएको २ लाख ३१ हजार कित्ता (४०%) र कम्पनीका संस्थापक सेयरधनीहरुले लगानी गरेको ३ लाख ४६ हजार ५०० कित्ता (६०%) सेयर समेत गरी जम्मा ५ लाख ७७ हजार ५०० कित्ता (१००%) साधारण सेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम सूचीकरण गरिएको हो । यस कम्पनिको ओपनिङ रेन्ज १७१.७८ देखि ५१५.३४ रुपैयाँ तोकिएको छ ।
स्वस्तिक लघुवित्तको सेयर सूचीकृत

