काठमाडौं । साताको दोस्रो दिन अर्थात, सोमबारपनि नेप्से परीसूचक घटेको छ । यसदिन नेप्से ४.१५ अंकले घटेर २५६१.९४ विन्दुमा बन्द भएको छ । ३२७ वटा कम्पनी ४० हजार पटकको कारोबार हुँदा ८६ लाख ४७ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । कारोबार रकम भने ४ अर्ब ५१ करोड ४४ लाख रहेको छ ।
सोमबार सेन्सेटिभ इण्डेक्स ०.२३ प्रतिशत घटेको छ भने फ्लोट इण्डेक्स ०.२२ र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२३ प्रतिशतले घटेको छ । त्यसैगरी, ९ वटा उपसमूह घटेका छन् भने ४ वटा बढेका छन् । बैंकिङ ०.६० प्रतिशत, विकास बैंक ०.६३, वित्त ०.७५, जीवन बीमा ०.२६, उत्पादन र प्रशोधन ०.३०, लघुवित्त ०.०८, म्युअुचल फण्ड ०.४८, निर्जीवन बीमा ०.४१, अन्य समूह ०.२९ प्रतिशतले घटेका छन् । यता, जलविद्युत ०.३१ प्रतिशथ, होटल्स तथा पर्यटन समूह १.६४, लगानी ०.१० र ट्रेडिङ समूह ०.५५ प्रतिशतले बढेका छन् ।

