काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले लाभांश घोषणा गरेको छ । यस कम्पनीको कात्तिक २५ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई ४० प्रतिशत बोनस सेयर र २.१०५ प्रतिशत नगद लाभांश (कर तिर्न) गरी कुल ४२.१०५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । त्यसैगरी, बोनस सेयर वितरण पछि कायम हुने पुँजीमा कम्पनीले १०० प्रतिशत हकप्रद सेयर पनि जारी गर्ने निर्णय गरेकोछ । कम्पनीले लाभांश प्रस्ताव पेश गर्न पुस ४ गते साधारण सभा बोलाएको छ ।
एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्टको ४० प्रतिशत बोनस सेयर घोषणा

