काठमाडौं । दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान’ले गृह मन्त्रालयमा २७ बुँदे माग पत्र बुझाएको छ ।
बुधबार गृहमन्त्री ओमप्रकाश अर्यालसहितको वार्तामा प्रसाईं समूहका माधव प्रसाद खतिवडाले मागपत्र बुझाएका हुन् ।
मागपत्र बुझाएपछि सुरु भएको वार्ता आजलाई सकिएको वार्ताको सहजीकरण गरेका अधिवक्ता विनोदमणि भट्टराईले जानकारी दिए ।
मागपत्रमा संविधान खारेजदेखि, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, राजसंस्था पुनर्स्थापना र लघुवित्त र सहकारीको ऋण मिनाहा, खाडी गएका युवाहरु फिर्तासम्म छन् ।


