CLI

२०.५६ अंकले घट्यो नेप्से , कारोबार रकममा सुधार

काठमाडौं । बुधबार नेप्से परिसूचक २०.५६ अंकले घटेको छ । बजार २५४४.५९ पुगेर बन्द भएको छ । ३२१ वटा कम्पनी ६६ हजार ८२४ पटकको कारोबार हुँदा ८४ लाख ४ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । कारोबार रकम भने ३ अर्ब ८४ करोड ८५ लाख  रहेको छ । मंगलबारको तुलनामा यो रकम २२ करोड ५४ लाख बढी हो । मंगलबार कारोबार रकम ३ अर्ब ६२ करोड ६१ लाख रहेको थियो ।

त्यसैगरी, १२ वटा उपसमूह घटेका छन् भने १ वटा बढेको छ । बैंकिङ ०.६७ प्रतिशत, विकास बैंक ०.३०, वित्त ०.७९, होटल्स तथा पर्यटन समूह ०.१८, जलविद्युत ०.७०, लगानी ०.९९ जीवन बीमा ०.९९,  लघुवित्त ०.६९, म्युअुचल फण्ड ०.८६, निर्जीवन बीमा ०.५४, अन्य समूह १.३३ प्रतिशतले र व्यापार समूह २.३५  प्रतिशतले घटेको छ । उत्पादन तथा प्रशोधन ०.२३ प्रतिशतले बढेको छ ।

यसदिन सर्वाधिक कमाउनेमा भुगोल इनर्जी, सागर डिस्टिलरी, बुङ्गल हाइड्रो र बन्दिपुर केबलकार  रहेका छन्  । यी कम्पनीहरु १० प्रतिशतले बढेका छन्  ।

Leave Your Comment

Related News