साहस उर्जाको विद्युत बिक्रीबाट हुने आम्दानी ९२ करोड ४६ लाख, कमायो ४९ करोड ४८ लाख नाफा

काठमाडौं । साहस उर्जा लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ४९ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको असोजसम्म कम्पनीले ४० करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

विद्युत बिक्रीबाट हुने आम्दानी ८६ करोड ७१ लाखबाट बढेर ९२ करोड ४६ लाख रुपैयाँ पुगेको छ । विद्युत बिक्रीबाट हुने आम्दानी समान्य बढेसँगै नाफामा पक सुधार आएको हो । कम्पनीको वित्तीय खर्च पनि २३ करोड ४० लाखबाट घटेर १६ करोड ७२ लाख रुपैयाँ कायम भएको छ ।

३ अर्ब ७८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोषमा ३ अर्ब ६५ करोड रुपैयाँ सञ्चित छ । यसको प्रतिसेयर नेटवर्थ १९६.८९  रुपैयाँ रहेको छ भने प्रतिसेयर आम्दानी ५२.३७ रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार