काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य ५ हजार ९ सय बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला २ लाख ५० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुनको मूल्य प्रतितोला २ लाख ४४ हजार ३ सय थियो ।
यसदिन चाँदिको मूल्य प्रतितोला १ सय ७० रुपैयाँले बढेको छ । बजारमा चाँदि प्रतितोला ३ हजार ३ सय ४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । बुधबार चाँदी प्रतितोला ३ हाजर १ सय ७५ रुपैयाँ थियो ।

