गृहमन्त्रीले धोका दिनुभयो, न्याय प्राप्त नभएसम्म आन्दोलन जारी राख्छौं : सुदन गुरुङ

काठमाडौं । जेनजी आन्दोलनका प्रतिनिधि सुदन गुरुङले अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालमाथि जेनजीका माग पूरा नगरेको आरोप लगाएका छन्।

नेपाल स्काउटको जग्गामा बनेका संरचना हटाउने क्रममा बिहीबार लैनचौर पुगेका गुरुङले आफूहरू ०८४ सालको निर्वाचन ०८२ मा सार्नका लागि मात्र नलडेको बताए।

‘हामी चुनावमा जाँदैनौं, हामी यो २८४ को चुनाव ०८२ मा सार्नलाई लडेका होइनौं,’ गुुरुङले भने, ‘यति धेरै मान्छे घाइते, सहिद भएका छन्। गृहमन्त्री ओमप्रकाश अर्याले धोका दिनुभयो। अहिले आएर चुनावमा जान्छौं भन्ने मात्र गर्नुहुन्छ। घाइते र सहिदका माग सम्बोधन नगरी हामी चुनावमा जाँदैनौं।’

गुरुङले सरकार चुनावलाई मात्रै लक्ष्य बनाएर अघि बढिरहेको आरोप लगाउँदै न्याय प्राप्त नभएसम्म आन्दोलन जारी रहने स्पष्ट सन्देश दिएका छन्।

उनले अर्याल एमालेकै गृहमन्त्री जस्तो लाग्न थालेको समेत टिप्पणी गरेका छन् । ‘उहाँ जेनजी आन्दोलनको बलमा गृहमन्त्री बन्नुभएको हो । अहिले आन्दोलनकारीलाई पक्राउ गरिरहनुभएको छ । जेनजीका माग सम्बोधन नगरेको देख्दा उहाँ एमालेको गृहमन्त्री हो कि जस्तो लाग्न थालेको छ,’ गुरुङले भने ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार