ग्रीन भेन्चर्सको विद्युत बिक्रीबाट हुने आम्दानी ५७ करोड ६० लाख, नाफा ३० करोड २८ लाख

काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ३० करोड २८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २८.५२ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २३ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीका विद्युत बिक्रीबाट हुने आम्दानी ५६ करोड ७८ लाखबाट बढेर ५७ लाख ६० लाख पुगेको छ । यता, वित्तीय खर्च भने १५ करोड ७१ लाखबाट घटेर १० करोड ८७ लाख कायम भएको छ । उक्त खर्च घट्दा नाफामा सुधार आएको हो । ३ अर्ब ४३ करोड ७५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ ७१ करोड ५३ लाख रुपैयाँ रहेको छ ।

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ । कम्पनीको उक्त आम्दानी ८.८१ रुपैयाँ रहेको छ ।  असोज मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १२०.८१ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार