काठमाडौं । सरकारले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब रुपैयाँ बजेट स्वीकृत गरेको छ। निर्वाचन आयोगले साढे ७ अर्ब रुपैयाँ माग गरे पनि अर्थ मन्त्रालयले ४ अर्ब ९६ करोड रुपैयाँ मात्र विनियोजन गरेको छ। स्वीकृत रकमले प्राथमिक आवश्यकता अनुसारका तयारी अघि बढाइने आयोगले जनाएको छ। सरकारले आवश्यक परे थप बजेट उपलब्ध गराउने व्यवस्था राखेको र हालका लागि ५ अर्ब रुपैयाँलाई स्वीकृत रकमका रूपमा निश्चित गरिएको छ।
चुनावका लागि ५ अर्ब बजेट स्वीकृत

