काठमाडौं । नेपाल राष्ट्र बैंकले लुम्बिनी प्रदेशको औद्योगिक क्षेत्रमा प्रवाहित कर्जामध्ये सबैभन्दा बढी कृषि, वन तथा पेय पदार्थ उत्पादन सम्बन्धी उद्योगहरुमा र सबैभन्दा कम विद्युत, ग्यास तथा पानी सम्बन्धी उद्योगहरुमा रहेको बताएको छ ।
गत आर्थिक वर्ष २०८१/ ८२ मा लुम्बिनी प्रदेशको औद्योगिक कर्जा मध्ये बढी कृषि, वन तथा पेय पदार्थ उत्पादन सम्बन्धी उद्योगहरुमा ४३.६३ प्रतिशत र सबैभन्दा कम विद्युत, ग्यास तथा पानी सम्बन्धी उद्योगहरुमा १.० प्रतिशत रहेको हो । समीक्षा वर्षमा औद्योगिक क्षेत्रमा प्रवाह भएको कर्जा ६.९३ प्रतिशतले वृद्धि भएको छ ।
समीक्षा वर्षमा यस प्रदेशका उद्योगहरुको औसत क्षमता उपयोग ५० ६० प्रतिशत रहेको छ । नमूना छनौटमा परेका उद्योगहरुमध्ये रोजिन उत्पादन गर्ने उद्योगले सबैभन्दा बढी ८८.६९ प्रतिशत र सबैभन्दा कम ड्राई सिरप उत्पादन गर्ने उद्योगले ८.६४ प्रतिशत क्षमता उपयोग गरेका छन् । समीक्षा वर्षमा औद्योगिक उत्पादनतर्फ सबैभन्दा बढी सिन्थेटिक कपडाको उत्पादन १७०.७७ प्रतिशतले वृद्धि भएको छ ।
कृषि क्षेत्र
लुम्बिनी प्रदेशमा समीक्षा वर्षमा खाद्य तथा अन्य बालीले ढाकेको कुल क्षेत्रफल गत वर्षको तुलनामा १.४२ प्रतिशतले ह्रास आई ७ लाख ६८ हजार ९६८ हेक्टर कायम भएको छ ।
समीक्षा वर्षमा यस प्रदेशमा खाद्य तथा अन्य बालीको उत्पादन गत वर्षको तुलनामा ३.४३ प्रतिशतले वृद्धि भई ३३ लाख ८० हजार ३२७ मेट्रिक टन भएको छ ।
समीक्षा वर्षमा दुध, मासु, अण्डा र माछाको उत्पादन गत वर्षको तुलनामा क्रमशः २.८८ प्रतिशत ३.०३ प्रतिशत, ३.११ प्रतिशत र १३.९८ प्रतिशतले वृद्धि भएको छ ।
समीक्षा वर्षमा वनजन्य उत्पादनतर्फ काठ उत्पादन गत वर्षको तुलनामा २.३४ प्रतिशतले वृद्धि भएको छ । समीक्षा वर्षमा कृषि क्षेत्रमा प्रवाहित कर्जा ३.४६ प्रतिशतले ह्रास भएको छ भने कुल प्रवाहित कृषि कर्जामा रुपन्देही जिल्लाको हिस्सा सबैभन्दा धेरै ४३.८० प्रतिशत र रुकुमपूर्व जिल्लाको हिस्सा सबैभन्दा कम ०.४० प्रतिशत मात्र रहेको छ ।
सेवा क्षेत्र
समीक्षा वर्षमा नमुना छनोटमा परेका पर्यटकस्तरीय होटलहरुमध्ये १० वटाबाट प्राप्त तथ्याङ्क बमोजिम (आ.व.२०८०÷८१ मा १५ होटलको तथ्यांक समावेश) होटल शैया संख्या, शैया बिक्री संख्या र पर्यटक आगमन संख्यामा क्रमशः ३४.२० प्रतिशत, ४५ ७४ प्रतिशत र ६१.७८ प्रतिशतले ह्रास भएको छ ।
समीक्षा वर्षमा घरजग्गा रजिष्ट्रेशन सङ्ख्यामा ४२.८२ प्रतिशतले वृद्धि भएको छ । घरजग्गा रजिष्ट्रेशन बापतको राजस्व रकम गत वर्षको तुलनामा ५.४५ प्रतिशतले ह्रास भएको छ ।
२०८२ असार मसान्तमा यस प्रदेशका बैंक तथा वित्तीय संस्थाहरुले गरेको निक्षेप परिचालन २०८१ असार मसान्तको तुलनामा १५.४३ प्रतिशत र कुल कर्जा प्रवाह २.९२ प्रतिशतले वृद्धि भएको छ ।
समीक्षा वर्षमा छनौटमा परेका बचत तथा ऋण सहकारी संस्थाहरुको कुल पुँजी २.४४ प्रतिशतले ह्रास भएको छ भने बचत परिचालन ६.१६ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी उक्त संस्थाहरुबाट गरिएको कर्जा प्रवाह २.५० प्रतिशतले वृद्धि भएको छ ।
समीक्षा वर्षमा सेवा क्षेत्रमा प्रवाहित कर्जा १.२६ प्रतिशतले ह्रास भएको छ । कुल प्रवाहित सेवा कर्जामा रुपन्देही जिल्लाको हिस्सा सबैभन्दा धेरै ५३.८० प्रतिशत र रुकुमपूर्व जिल्लाको हिस्सा सबैभन्दा कम ०.१० प्रतिशत मात्र रहेको छ ।
पूर्वाधार क्षेत्र
२०८२ असार मसान्तसम्ममा नारायणघाट–बुटवल सडक (पश्चिम खण्ड) योजनाको भौतिक प्रगति ६९.०३ प्रतिशत र वित्तीय प्रगति ६५ ३४ प्रतिशत भएको छ । २०८२ असार मसान्तसम्ममा सिद्धबाबा सुरुङ मार्ग आयोजनाको भौतिक प्रगति ५७ ५१ प्रतिशत र वित्तीय प्रगति ५१.१० प्रतिशत भएको छ ।
२०८२ असार मसान्तसम्ममा राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी कोरिडोरको (गैंडाकोट– राम्दी–मालढुङ्गा) भौतिक प्रगति ७९ प्रतिशत र वित्तीय प्रगति ७० ३५ प्रतिशत भएको छ ।
२०८२ असार मसान्तसम्ममा सिक्टा सिंचाई आयोजनाको भौतिक प्रगति ४४ २३ प्रतिशत र वित्तीय प्रगति ४३.३३ प्रतिशत भएको छ ।
२०८२ असार मसान्तसम्ममा बबई सिँचाई आयोजनाको भौतिक प्रगति ८२.२७ प्रतिशत र वित्तीय प्रगति ८१. ५८ प्रतिशत भएको छ ।

