CLI

सांग्रिला डेभलपमेन्ट बैंकले गर्यो लाभांश घोषणा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

बैंकले हाल कायम चुक्ता पूँजीको १०.३५८३ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। ५ प्रतिशत बोनस शेयर र ५.३५८३ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) लाभांश वितरणको घोषणा गरेको हो ।

कात्तिक २८ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको थियो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात उक्त लाभांश वितरण गरिनेछ।

Leave Your Comment

Related News